नेपालगन्ज ०७ असोज । बाँके ट्रक तथा मिनि ट्रक यातायात व्यवसायी संघ कोहलपुरले समितीमा गाडि दर्ता गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोहलपुरमा शनिबार बसेको संघको कार्यसमिती बैठकले सो निर्णय गरेको हो ।

बाँके ट्रक तथा मिनि ट्रक यातायात व्यवसायी संघका अध्यक्ष यज्ञ ओलीले विजया दशमी तथा दिपावलीको अवसरमा समितीमा नया गाडी दर्ता गर्ने व्यवसायीहरुलाई मध्यनजर गर्दै ५० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए ।

शनिबार बाट लागु भएको छुट सहितको अफर कार्तिक ७ गतेसम्म लागु हुने संघले जनाएको छ । छुट सहितको अवसरमा व्यवसायीलाई गाडी दर्ता गरेर फाइदा लिन अध्यक्ष ओलीले आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया