नेपालगन्ज । आसन्न चाडपर्वलाई सामाजिक सदभाव र एकताको प्रतिकको रुपमा मनाउन आज नेपालगन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थिति सहभागीहरुले चाडपर्व मनाउंदा सबैले सबैको अस्तित्व स्विकार गर्दै आपसी भाइचाराको भावनाले मनाउनुपर्ने वताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने सहभागीहरुले बाँके विभिन्न जातजाति धर्म समुदाय बसोबास भएको जिल्ला भएकाले धार्मिक तथा सामाजिक सदभाव कायम गरेर आप्mना चाडपर्व मनाउनुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजवाल, कथाकार सनत रेग्मी, नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, नेकपा माओवादी केन्द्रका संयोजक आइपी खरेल, बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङ, खेलकुद विकास समितिका क्षेत्रीय अध्यक्ष भिम ओली, गैसस महासंघ बाँकेका कार्यबाहक अध्यक्ष सपना भट्टराई, इन्सेकका संयोजक भोला महतलगायतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया