अधिवक्ता सुजित के.सी

आज मेची महाकालीमा सिमित नेपाल सुगौली सन्धि पूर्व टिस्टा र सतलजसम्म फैलिएको थियो । औपनिवेशिक अंग्रेज विस्तारवादले धोस्त पारेको हो विशाल नेपाललाई । श्री ५ पृथ्वी नारायण शाहको नेपाल एकीकरणको अभियानले विशाल नेपाल बनाएको थियो । सन् १८१४ मा शुरु भएको नेपाल–अंग्रेज युद्धले सन् १८१६ मा सुगौली सन्धि भएको यियो ।

सुगौली सन्धि पश्चात नेपालको अधिनस्त रहेको मेची पूर्व र महाकाली पश्चिमका नेपालका भूमिलाई आज भारतले शासन गरिरहेको छ । नेपालले बेलायत र भारतसँग गरेको विभिन्न सन्धिको आधारमा पनि ति भूभाग नेपालको हो भनि प्रमाणित गरिसकेको अवस्थामा समेत भारत स्वतन्त्र हुँदा नेपालले आफ्नो शासन व्यवस्था कायम गर्न नसक्नु अत्यन्त ठूला पिडाको विषय हो । दोस्रो विश्व युद्ध पछि संसारमा थुप्रै उपनिवेशहरु स्वतन्त्र हुन थाले ।

विश्व युद्धबाट बेलायतले शक्ति गुमाएको र आर्थिक रुपमा पनि कमजोर हुँदै गएकाले बेलायतले भारतलाई स्वतन्त्रता दिएको थियो । बेलायतले ईन्डियालाई स्वतन्त्र गर्नु पूर्व ‘इन्डियन इन्डिपेन्डेन्ट एक्ट’ जारी गरि सोही बमोजिम स्वतन्त्र गरेको थियो । सन् १९४७ अगस्त १४ मा पाकिस्तान र १५ मा इन्डियालाई स्वतन्त्रता दिईएको थियो । ईन्डियाले स्वतन्त्र भईसकेपश्चात सन् १९५० जुलाई ३१ मा नेपालसँग शान्ति तथा मैत्री सन्धि गरेको थियो । उक्त सन्धि हालसम्म पनि खारेज भएको छैन् ।

सन्धिको धारा ८ मा यस मितिभन्दा पहिले ब्रिटिश सरकार र नेपालसित भएको सम्पूर्ण सन्धि, सम्झौता रद्द भएको उल्लेख छ । यसको तत्पर्य के हो भने अंग्रेजसँग भएको सुगौली सन्धि समेत खारेज भयो भन्ने हो । बेलायतले पनि सन् १९५० अक्टोबर ३० मा नेपालसँग सन्धि गरी त्यसको धारा ८ मार्फत सन् १९२३ र त्यसभन्दा अघि नेपालसँग भएका सबै सन्धि रद्द भएको जनाएको छ । यसरी स्वयम भारत र बेलायतले समेत सुगौली सन्धिलाई खारेज गराईसकेको अवस्था छ ।

यस्तो अवस्थमा नेपाल महाकाली नदी र सतलज नदीका बीचमा रहेका कुमाउँ र गढवाल, मेची र कोसीबीचको तराई, मेची र टिस्टाबीचको तराई (सिलिगुडी) र हाल बङ्गलादेशमा समेत पर्नेे दिनाजपुर र रङ्गपुर तथा मेचीपूर्वको समस्त पहाडी प्रदेश (सिक्किमको एक तिहाइ भूभाग र दार्जीलिङको पहाडी खण्ड) फिर्ता पाउँनुपर्ने हो तर सुगौली सन्धिमा उल्लेखित इस्ट इन्डिया कम्पनीलाई छोड्नुपरेको नेपालका भूभागमध्ये सन् १९१६ र १८६० मा नेपालले दुई पटक गरी फिर्ता पाएको तराई बाहेक ब्रिटिश सरकारले नेपाललाई फिर्ता गर्न बाँकी अन्य भूभागहरु फिर्ता पाएको छैन् ।

यसरी आफ्नो देशको भूभाग फिर्ता नलिनु र हालसम्म पनि त्यसको वेवस्था गर्नु राष्ट्रियता विपरितको कार्य हो । स्वभावैले आफ्नो एक ईन्च जमिन छोड्न नसक्ने नेपाल यत्रो ठूलो भूभागमा विदेशीले शासन गर्दा किन चुप बसेका हुन् । बेलायतले भारतीय उपमहादिप छाडेर जादा तत्कालीन नेपालका शासकले बेलायतलाई सुगौली सन्धि गरेर छाडेका भूभाग माथी पुन शासक व्यवस्था संचालन गर्नु पर्ने हो ।

तर तत्कालीन निरङ्कुश सत्तालाई नेपाल मै शासन गर्न कठिन भईरहेको अवस्थामा फेरि अन्य भूभाग नेपालमा थप्पिदा आफ्नो सत्ता ढुल्ने सोची उक्त भूभागमाथी शासन व्यवस्था संचालन नगरेको बुझ्न सकिन्छ । ति भूभामा धेरै लामो समयसम्म पनि भारतले शासन गरेको थिएन् । तर हाल ती भूभागमा ईन्डियाको भूगोल र शासन व्यवस्थमा छ । वीर पूर्खाले आफ्नो रगतबाट आर्जेको जमिनलाई हामीले सजिलै छोड्दिने हो भने पूर्खाको आत्मले सराप्ने छ । तसर्थ प्रत्येक नेपालले यसलाई राष्ट्रिय मुद्दा बनाउनुपर्छ र अन्तराष्ट्रिय करण गरी ईन्डियालाई नेपालको भूभाग छोड्न बाध्य गराउन प्रयास गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया