अगैया । नेपालकै सबै भन्दा ठुलो गाउपालिका राप्तिसोनारी गाँउपालीकाको अगैयामा कार्यालय स्थापना गरीएको छ । शुक्रबार आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम समेत सार्वजनिक गरीएको छ । कार्यक्रमवाट कुल ६३ करोड ३९ लाख ६७ हजार रुपैयाको वजेट पारीत गरीएको छ । जसमध्ये पुर्वाधार विकासतर्फ १७ करोड १७ लाख १८ हजार २ सय रुपैया विनियोजन गरीएको छ ।

त्यस्तै, आर्थिक विकासतर्फ ३ करोड ६२ लाख २५ हजार ६ सय ९० रुपैया, सामाजिक विकासतर्फ ६ करोड, १५ लाख २१ हजार रुपैया वजेट विनियोजन गरीएको छ । संस्थागत विकास, सेवा प्रवाह र शुसासनतर्फ ४ करोड १६ लाख २० हजार रुपैया, वातावरण तथा विपद् व्यवस्थापनका लागी २ करोड २ लाख ९० हजार रुपैया वजेट विनियोजन गरीएको गाँउपालीकाका प्रमुख लाहुराम थारुले जनाए । कार्यक्रममा दशै र तिहारको शुभकामना पनि आदानप्रदान गरीएको थियो ।

गाउँपालिकाका कार्यकारी अधिकृत भरत बहादुर मल्लले प्रस्तुत गरेको आय व्ययमा विभिन्न राजनैतिक दलका प्रतिनिधिले सुझाव दिएका थिए । गाउँपालिकाले पुर्वाधार निर्माण, भौतिक विकास , विद्युत तथा बैकल्पिक विकास, आर्थिक विकासमा साथै लक्षित वर्ग अन्तरर्गतका कार्यक्रम सन्चालन गरीने भएको हो । बालमैत्रि वडा घोषणा गर्ने, पुर्ण सरसफाई गाउँपालिका घोषणा गर्ने कार्यक्रम समेत समावेस गरीएको गाउँपालिका अध्यक्ष थारुले बताए । उत्कृष्ठ करदातालाई हरेक वर्ष पुरस्कृत गर्ने र १० प्रतिशत राजस्व वृद्धि गरीने गरी कार्य थालनी भएको थारुले बताए । उनले गाउपालिकालाई हराभरा बनाउन वृक्षारोपणको कार्यक्रमलाई घरघरमा पु¥याइने र उद्योग कल कारखानालाई मानव बस्ति देखि ३ किलोमिटर टाढा सन्चालन गरीने जनाए ।

अध्यक्ष थारुले कार्यक्रमलाई सम्बोधन गर्दे भने राप्ती सोनारी गाउपालिकामा बाढिले धेरै क्षती पुगाएकाले उनिहरुको हेरविचारलाई विशेष ध्यान दिने बताए । थारुले बाढी पिडितलार्य समान व्यवहार गरीने उल्लेख गरे । बाढी पिडितको व्यवस्थापनको जिम्मा अब गाउँपालिकाले लिने बताए । दशै अघि नै आन्सीक क्षति भएका बाढि पिडितलाई २१ सय र पुर्ण क्षती भएकालाई १० हजार रुपैया वितरण गरसिक्ने गरी तयारी थालिसकेको जनाईएको छ । जिल्ला समन्वय समीतिका उपसंयोजक ज्ञानेन्द्र चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापति माधवराम खत्रिले राप्ती सोनारी गाउँपालिकाको विकास गर्न सबै मिलेर जानुको विकल्प नभएको बताएका थिए । कोहलपुर नगरपालीकाका उपमेयर सन्जु थारु, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले जनप्रतिनिधिले जनताको विश्वास जित्ने मौका आएको बताए ।

बेस केन्द्रिय महिला जागरण अध्यक्ष सङगीता चौधरीले गाउँ पालिकामा ट्राफिकीकरण हुन नदिन बेलैमा जनप्रतिनिधिलाई सचेत बन्न सुझाव दिइन । चौधरीले जनताको आवाज जनप्रतिनिधिले पुरा गर्न पर्ने भएकाले भोट हालेको दिनलाई प्रत्येक दिन सम्झन आग्रह गरीन । कार्यक्रममा दुई सय बढिको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया