नेपालगन्ज ०६ असोज । डाक्टरहरुको आन्दोलनका कारण बाँकेको स्वास्थ्य सेवा प्रभावित भएको छ । उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै क्षतिपूर्ति तिराउने विधेयक ल्याउने सरकारको निर्णयविरुद्ध चिकित्सक संघले शुक्रबार देखि आकस्मिक बाहेकका सेवा बन्द गर्दा बिरामीलाई समस्या भएको हो । बहिरंग सेवा लिन पुगेका बिरामीहरु अस्पताल पुगेर त्यसै फर्कनु परेको छ । चिकित्सक संघको केन्द्रीय कार्यक्रम अन्तरगत बाँकेमा पनि आकास्मिक बाहेक अन्य सबै सेवा ठप्प पारिएको नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

मन्त्रीपरिषदको गत सोमबारको बैठकले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सक नै जिम्मेवार हुने र क्षतिपूर्ति पनि चिकित्सकले नै तिर्नुपर्ने मनसायसहितको विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया