नेपालगन्ज । दसैं भित्रिएसँगै नेपालगन्जको व्यापारिक कारोवार ह्वात्तै बढेको छ । ग्रामीण क्षेत्रका उपभोक्ताहरु किनमेलका लागि बजार आउनेक्रम ह्वात्तै बढेको व्यवसायीहरुले वताएका छन् ।

दैनिक उपभोग्य सामग्रीसँगै लत्ताकपडालगायतको कारोवार बढेको नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष अव्दुल वाहिद मनसुरीले वताउनुभयो । यो सिजनमा खासगरी कपडा र दैनिक उपभोग्य सामग्री चामल, तेल, नुन, चिनी, आटालगायतको कारोबार बढी हुने व्यापारीहरुले वताउँछन् ।

सामान्य दिनमा दैनिक तीन करोडको कारोवार हुने नेपालगन्जमा हिजोआज करिव पाँचदेखि सात करोडसम्मको कारोवार भइरहेको व्यापारीले वताए ।

तपाईको प्रतिक्रिया