अभिनेत्री प्रियंका चोपडाले सिक्किमीहरूसँग माफी मागेकी छिन् । आफ्नो अभिव्यक्तिले सिक्किमीहरूको भावनामा चोट पुगेको महसुस गर्दै उनले माफी मागेकी हुन् । सिक्किम सरकारले समेत प्रियंकाको भनाइप्रति आपत्ति जनाउँदै माफी माग्न आग्रह गरेको थियो । त्यस्तै सोसियल मिडियामा प्रियंकालाई ‘राजनीतिक रूपमा निरक्षर’ भन्दै आक्रोश पोखिएका छन् ।

टोरन्टो फिल्म फेस्टिभलमा प्रियंकाले आफ्नो फिल्म ‘पाहुना’लाई द्वन्द्वग्रस्त क्षेत्रबाट आएको छानिएर आएको पहिलो फिल्मका रूपमा चिनाएकी थिइन् । ‘मैले सिक्किम नै द्वन्द्वमा रुमलिएको छ भन्न खोजेको होइन, वास्तवमा मैले द्वन्द्वका कारण शरणार्थी बन्न खोजेका व्यक्तिको सन्दर्भ ‘पाहुना’ले उठाएको भन्न खोजेकी मात्र हुँ,’ प्रियंकाले प्रेस विज्ञप्तिमा बताएकी छिन् । उनले सिक्किमलाई हरियाली, शान्त र असल नागरिकले भरिएको राज्यका रूपमा पनि चित्रण गरिन् । आफुले बोलेका कुराप्रति आफु नै जिम्मेवार रहेकोसमेत उनले बताइन् ।नयाँ पत्रिकाले छापेको छ ।

तपाईको प्रतिक्रिया