काठमाडौं । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ९८ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेस पहिलो भएको छ भने संघीय समाजवादी फोरमले १९ स्थानमा बिजय हाँसिल गर्दै दोस्रो बन्न सफल भएको छ ।

काँग्रेसले स्थानीय तह तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बरबाट मात्रै ३२ स्थानमा बिजयी बन्न सफल भएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र १७ स्थानमा बिजयी बन्दै तेस्रो हुन सफल भएको छ भने राष्ट्रिय जनता पार्टी १५ स्थानीय तहमा विजयी भएको भने नेकपा एमाले १० स्थानमा बिजयी बन्दै पाँचौ स्थानमा धकेलिएको छ ।

तपाईको प्रतिक्रिया