काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिएका छन् । गएराती सम्पन्न प्रतियोगीतबाट बुद्धलाई प्रथम घोषणा गरिए लगत्तै केपी ओलीले ट्वीटरमार्फत बुद्ध लामालाई बधाई दिँदै ट्विट गरेका छन् । अध्यक्ष ओलीले प्रतियोगीतमा द्धितिय र त्रितिय भएका निशान र प्रतापको पनि उज्जवल भविश्यको कामना गरे । गएराती सम्पन्न फाइनलमा बुद्धले साढे ४ करोड भोट प्राप्त गरेका थिए ।

उनले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाउँदा निशान भट्टराई दोस्रो भए उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट पाए भने १ करोड ३२ लाख ५२ हजार ८ सय ४९ भोट पाएका प्रताप दास तेस्रो भए ।

तपाईको प्रतिक्रिया