धनुषा । मिथिला नगरपालिकामा नेकपा ९एमाले० का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन । प्राप्त पछिल्लो परिणाम अनुसार  नगर प्रमुखमा एमालेका हरिनारायण महतोले छ हजार ७४० मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याएका छन । त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएका छन ।

उनले छ हजार ६६५ र उनका निकटम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र०का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याएका छन ।

 

तपाईको प्रतिक्रिया