काठमाडौँ । नेपाल आइडलको फाइनल आज । बुद्ध लामा, प्रताप दास र निशान भट्टराईमध्ये कसले मार्लान् बाजी भन्ने विषयमा बजारमा राम्रो चर्चा भइरहेको छ । ३ प्रतिस्पर्धीमध्ये आज एक जनाले आज पहिलो नेपाल आइडलको रुपमा इतिहास रच्दैछन् ।

भविष्यमा नेपाली संगीत उद्योगमा यीमध्येका विजेताले कस्तो प्रभाव छाड्ने हुन्, त्यो भोलिको दिनले देखाउला तर जे होस् यी तीनमध्ये एक जनाले आफ्नो नाम इतिहासको पानामा सुनौलो अक्षरले लेखाउने छन् ।

उत्कृष्ट १८ बाट कडा प्रतिस्पर्धा सुरु भएर आइडलले आज कतारबाट बिजेताको घोषणा गर्दैछ । नेपाल आइडलले नेपालमा नपाली टेलिभिजन च्यानल हेर्ने संस्कारको विकास पनि गरेको चर्चा चल्यो ।

उत्कृष्ट चारमा पुगेपछि एउटा श्रृंखलामा निर्णायकले आफ्नो ‘भिटो’ प्रयोग गरेर अर्को श्रृखंलासम्म चारै जना प्रतिस्पर्धीलाई लैजाने निर्णय गरेपछि आइडल विबादमा तानियो र यस विरुद्ध अदालतमा रिट नै दायर भयो । तर मुद्धा आइडलकै पक्षमा आएपछि आयोजकले आज फाइनल गर्दैछ ।

तपाईको प्रतिक्रिया