काठमाण्डौ। नेपाली संगीतका भर्सटाइल गायक तथा संगीतकार शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार तथा कवि श्वेता मैनालीका शब्दमा रहेको ुबर्षौं भो छोडेकोु बोलको गीतको भिडियो दशैँको शुभ मुहर्त पारेर सार्वजनिक भएको हो ।

मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक भएको’नभेटी नभेटीुको भाग दुईको रुपमा यो गीत ल्याईएको हो । यस गीतमा नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने लाखौं नेपाली युवाहरुको जीवन कथा, आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाई उतारिएको छ ।

ब्रायन राईको निर्देशन तथा छायांकनमा बनेको गीतको भिडियोमा नेपाली रंगमञ्च क्षेत्रका सुलक्षण भारती तथा केनिपा सिंहको जिवन्त अभिनय रहेको छ । यस गीतमा बिनय कंसाकारको सम्पादन रहेको छ । यो गीतको भिडियोलाई नेपाली दुरसञ्चार कम्पनी एनसेलले निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया