काठमाडौँ । अभिनेत्री मरिष्का पोखरेल र अभिनेता आकाश श्रेष्ठलाई लिएर फिल्म ‘पहिचान’ बन्ने भएको छ।

यसअघि फिल्म ‘चिहान’ र ‘बाचा बन्धन’ निर्देशन गरेका निर्देशक बद्रि कृष्ण श्रेष्ठको निर्देशन र लेखनमा बन्न लागेको फिल्म प्रेम, रोमान्स, द्धन्द र कमेडीमा आधारीत हुने बताइएको छ ।

लोकेन्द्र शाहले निर्माण गर्न लागेको फिल्मको छायाँकन तिहारपछि हुनेछ । फिल्ममा आकाश र मरिष्काको अलावा रविन्द्र खड्का, अमन श्रेष्ठ, एञ्जल श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहने निर्माण पक्षले जनाएको छ।

तपाईको प्रतिक्रिया