एजेन्सी । प्रेम सम्बन्धमा निकै नै मजबुत छन् बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण । लामो समयदेखि प्रेम रोमान्समा रहेको यो जोडीले कहिले बिहे गर्ला भन्ने आम दर्शकको कौतुुहलताका बिच उनीहरुले इन्गेजमेन्ट त गरेका होइनन् भन्ने आशंका बाहिरिएको छ ।

फिल्म पद्मावतीको शुटिङ सकेर दीपिका आफ्नो परिवारको साथमा बेंगलुरुमा विदा मनाइरहेकी छन्। त्यसअघि लण्डनमा पनि विदा मनाउन गएका बेला यो जोडी एकसाथ देखियो ।

दीपिकाले लण्डनमा छुट्टी मनाएपछि एउटा कमेडी शो मा सहभागीता जनाउँदा उनको हातमा कहिल्यै नदेखिने अंगुठी देखियो । त्यसपछि यो जोडीले लण्डनमा लुकेर इन्गेजमेन्ट गरेको भन्ने अड्कल बाजी चलेको छ।

तपाईको प्रतिक्रिया