एजेन्सी । लामो समयदेखि अस्वस्थ बनेर उपचाररत बलिउड चर्चित हाँस्यअभिनेता कपिल शर्मा स्वास्थ्य लाभ गरेसँगै घर फर्किएका छन् ।

स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएपछि शोमा समेत नियमित उपस्थित हुन नसकेका कपिल १२ दिनको आयुर्वेदिक उपचारपछि मुम्बई फर्किएका छन् ।

४० दिनको लागि बेंगलुरुमा भर्ना भएका उनी केही दिनपछि नै फर्किएपछि अब फिल्म फिरंगी’को शुटिङमा लाग्ने बताइएको छ । उनको लोकप्रिय शो द कपिल शर्मा शो पनि अब सुरु हुने जनाइएको छ।

स्वास्थ्य अवस्था खराब भएपछि कपिलको काममा असर परेको र उनको शो को शुटिङमा बलिउड स्टारहरु फर्किन परेपछि कपिलको कार्यक्रमको स्तर घटेको चर्चा चुलीएको थियो ।

तपाईको प्रतिक्रिया