एजेन्सी । नायिका प्रियंका चोपडाको तस्विर ट्विटरमा पोष्ट गर्दै नोवेल पुरस्कार विजेता मलाला युसुफजईले प्रियंका चोपडालाई भेटेकोमा विश्वास नलागेको उल्लेख गरेकी छिन् ।

२ महिना अगाडी मात्रै ट्वीटर ज्वाइन गरेकी मलालाले शुक्रबार बलिउड अभिनेत्री प्रियंका चोपडासँगको तस्वीर पोष्ट गर्दै भनिन् मलाई विश्वास लागेको छैन की मैले प्रियंकालाई भेटेकी छु। युनिसेफकी गुडवील एम्बेसडर चोपडा संयुक्त राष्ट्रसंघको महासभामा ग्लोबल गोल्स अवाईमा सहभागी हुन पुगेकी थिइन्। यस बीचमा मलाला पनि त्यहाँ पुगेकी थिइन्। त्यस्तै भेटमा प्रियंकाले मलालालाई ठुलो मन भएकी सानी केटी भन्दै प्रशंशा गर्न भ्याइन् ।

तपाईको प्रतिक्रिया