काठमाडौं – सलमान खान र दीपिका पादुकोण अहिलेसम्म सँगै फिल्ममा देखिएका छैनन् । शाहरुख खानको ‘ओम शान्ति ओम’ फिल्मबाट १० वर्षअघि बलिउडमा प्रवेश गरेकी दीपिका सलमानसँग फिल्म खेल्न चाहन्छिन् । तर, अहिलेसम्म मौका मिलेको छैन ।

पछिल्लो खबरअनुसार ‘किक–२’ फिल्ममा दीपिका सलमानकी हिरोइन बन्ने सम्भावना बढेको छ । किक–२ निर्माता दीपिकालाई हिरोइन लिने योजनामा छन् । यसअघि ‘रेश ३’ मा सलमानका साथ दीपिकाले अभिनय गर्ने खबर पनि बाहिरिएको थियो । तर, सो फिल्ममा सलमानकै सिफारिसमा ज्याक्लिन फर्नान्डिसलाई लिइएको छ । सलमानले नै श्रीलंकन मोडल तथा अभिनेत्री ज्याक्लिनलाई किकमा हिरोइन बनाएका थिए । त्यसकारण उनी ज्याक्लिनकै सिफारिस गर्ने गर्छन् ।

दीपिकालाई अफर गरिएका केही फिल्ममा सलमान हिरो थिए । तर, सलमानकै कारणले ती फिल्ममा उनी हिरोइन भइनन् । तर, अब किक २ मा उनी अनुबन्धित हुने सम्भावना देखिएको छ । हुन त दीपिकालाई शाहरुखले भन्दा पहिला सलमानले हिरोइन बन्न अफर गरेका थिए । तर, त्यतिवेला पनि दीपिकाले आफू तयार भइनसकेको बताएकी थिइन् ।
नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया