एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकाले गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन् ।नेता उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विक्षिप्त रहेको र प्रमाणु हतियार बनाउने आफ्नो देशको निर्णयलाई ट्रम्पले सही साबित गरेको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संमयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाको गतिविधिले आफूहरु आत्मरक्षाका लागि सैन्य रुपमा तयार हुन बाध्य भएको र उत्तर कोरियालाई पूर्ण रुपले ध्वस्त पार्ने बताएसँगै उत्तर कोरियाका नेता किमले राष्ट्रिय सञ्चारमाध्य मार्फत व्यक्तिगत वक्तव्य दिदै यस्तो डरलाग्दो चेतावनी दिएका हुन् ।

वक्तव्यमा ट्रम्पले राष्ट्रसंघमा गरेको सम्बोधनको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।ट्रम्पको सम्बोधनका कारण थप परमाणु कार्यक्रम आवश्यक रहेको पुष्टि गरेको किमको भनाइ छ ।

ट्रम्पले सम्बोधनका क्रममा नेता किमलाई ‘रकेट म्यान’ को रुपमा परिभाषित गर्दै उहाँ ‘आत्महत्या मिसन’ मा रहेको बताएका थिए । त्यसपछि उत्तर कोरियाका नेताले ट्रम्पलाई कुकुर भनेका थिए ।

तपाईको प्रतिक्रिया