काठमाडौँ- यही मंगलबार ७.१ रेक्टर स्केलको शक्तिशाली विनाशकारी भूकम्पले स्थानीय समयअनुसार दिउँसो करिब सवा १ बजे दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीलाई हल्लाइदियो । अमेरिकी जियोलोजिकल सर्भेअनुसार भूकम्पको केन्द्र एक्सोकियापनको बाहिरी इलाकामा ५१ किलोमिटरको गहिराइमा थियो । यो स्थान पुएब्लाभन्दा ५५ किलोमिटर दक्षिणमा अवस्थित छ ।

यो एउटा अनौठो संयोग हो कि ३२ वर्षअघि सन् १९८५ मा ठीक यही दिन मेक्सिको सिटीका दुई करोड जनताले एउटा अर्को भयानक भूकम्पको सामना गरेका थिए । एक साताअघि मात्र मेक्सिकोको दक्षिण–पूर्वी इलाकामा ८।२ रेक्टर स्केलको महाविनाशकारी भूकम्प आएको थियो । त्यसमा परेर कम्तीमा पनि सय मानिसको ज्यान गएको थियो भने भौतिक संरचनामा चाहिँ अत्यधिक ठूलो क्षति भएको थियो ।

प्यासिफिक रिङ अफ फायर प्रश्न उठ्ने गर्छ कि मेक्सिकोमा आखिर यस्तो के छ, जसका कारण यति धेरै शक्तिशाली भूकम्प यहाँ पटक–पटक आउने गर्छ रु यस प्रश्नको उत्तर यस देशको भौगोलिक अवस्थितिका आधारमा खोज्न सकिन्छ ।

यो देश घोडाको नालजस्तो एउटा क्षेत्रमा अवस्थित छ, जसलाई प्यासिफिक रिङ अफ फायर पनि भन्ने गरिन्छ । भूकम्पीय दृष्टिकोणले यस्तो क्षेत्र अत्यन्त संवेदनशील मान्ने गरिन्छ । यस प्यासिफिक रिङ अफ फायरको विस्तार एसियाको पूर्वी किनारदेखि अमेरिकाको पश्चिमी किनारसम्म छ ।

जियोफिजिकल इन्स्टिच्युट अफ पेरुको सिस्मोलोजी विभागका निर्देशक हरनान्दो ट्याबेरले बिबिसीको मुन्डो सेवालाई बताएका छन्– संसारभरका ९० प्रतिशत भूकम्प र ८० प्रतिशत शक्तिशाली भूकम्प यही प्यासिफिक रिङ अफ फायरमा आउने गर्छ ।

मेक्सिको घोडाको नालजस्तो एउटा यस्तो क्षेत्रमा अवस्थित छ, जसलाई प्यासिफिक रिङ अफ फायर पनि भन्ने गरिन्छ । भूकम्पीय दृष्टिकोणले यस्तो क्षेत्र अत्यन्त संवेदनशील मान्ने गरिन्छ । प्रशान्त महासागर मेक्सिकोका अतिरिक्त यस प्यासिफिक रिङ अफ फायरमा जापान, इक्वेडर, चिली, अमेरिका, पेरु, बोलिभिया, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुआ, एल साल्भाडोर, होन्डुरस, ग्वाटेमाला र क्यानेडा पर्छन् ।

यस घोडाको नालजस्तो भौगोलिक क्षेत्रको बाहिरी किनारा प्रशान्त महासागरको उत्तरमा ‘एलेउतियान’ द्वीप समूहबाट सुरु हुन्छ, जुन अलास्का र क्यामकटका प्रायद्वीपबीचमा पर्छ । यसको फैलावट रुसको तटीय इलाका, ताइवान, फिलिपिन्स, इन्डोनेसिया, पपुआन्युगिनी र न्युजिल्यान्डसम्म छ ।

डा। ट्याबेरा भन्छन्– प्रशान्त महासागरको तल रहेको जमिनको भित्री सतहमा कैयौँ प्रकारका टेक्टोनिक प्लेट छन्, जो भूकम्पीय दृष्टिकोणले यति धेरै संवेदनशील हुन्छन् कि यिनमा सामान्य टकराहट पैदा हुँदा परिणामस्वरूप यसबाट ऊर्जा पैदा हुन्छ । यसै क्षेत्रमा संसारभरका ७५ प्रतिशत सक्रिय र निष्क्रिय ज्वालामुखी छन् ।

मेक्सिकोको कियापास मेक्सिकोमा दुई हप्ताअघि ८।२ रेक्टर स्केलको जुन भूकम्प आएको थियो, त्यसको केन्द्र कियापासमा टोनालाभन्दा दक्षिण पूर्वमा १ सय ३७ किलोमिटरको दूरीमा थियो । मेक्सिकोको नेसनल सिस्मोलोजिकल सर्भेका अनुसार कियापास भूकम्पीय दृष्टिबाट देशको सबैभन्दा बढी संवेदनशील क्षेत्रमा पर्छ । यसको मुख्य कारण हो कोकोस र क्यारिबिआई प्लेटको संगमस्थलमा यो स्थान हुनु । यहाँ दुवै प्लेटबीच घर्षण हुन्छ र यो स्थान राज्यको सागर तटको ठीक छेउमै छ । १९७० पछिदेखि कियापासमा ७ रेक्टर स्केलभन्दा बढी क्षमताका तीन भूकम्प आइसकेका छन् । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया