काठमाडौँ । हाँस्य श्रृखला खित्का डटकमको भाग १० सार्वजनिक भएको छ । शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, सुमन ज्योती न्यौपाने, जीवन महतराज, जेनी राणा, प्रवेश दाहाल, लगायतका कलाकारहरुको अभिनय रहेको हाँस्य सिरियलले समसामयिक हाँस्यब्यग्यात्मक विषयबस्तुलाई मुख्य रुपमा उठाएको छ ।

सुरेश थापाको लेखन निर्देशन रहेको टेलिचत्रले पछिल्लो समय चर्चा बटुल्न थालेको छ । सिरियलका ल्याङ्डी दादा, दर्शने लगायतका कलाकारहरुले निकै नै मनोरञ्जन प्रदान गर्दै आएका छन् । मनोरञ्जन टिभीको प्रस्तुती रहेको यस शृखलामा समाजमा हुने बिकृतिलाई नजिकबाट देखाइएको छ ।

भिडियोमा श्रीमतीले छाडेर माइत गएपछि श्रीमतीको प्रतिक्षामा बसेका पुरुषको कथालाई देखाइएको छ ।

तपाईको प्रतिक्रिया