नेपाल आइडल ग्रान्ड फिनाले शुक्रबार बेलुकी कतारको राजधानी दोहामा हुँदैछ । दोहास्थित एशियन टाउन इन्डस्ट्रियल एरियाको एशियन टाउन एम्पिथिएटरमा नेपाल आइडलको ग्रान्ड फिनाले हुँदैछ ।

शुक्रबार हुने ग्रान्ड फिनालेमै पहिलो नेपाल आइडलको घोषणा हुनेछ । नेपाल आइडलको टप थ्रीमा बुद्ध लामा, निशान भट्टराई र प्रताप दासका साथै टप १२ सम्मका प्रतिस्पर्धी हरु कतार पुगिसकेका छन् ।

सामाजिक संजालमा धेरै पटक बिबादित बन्दै आएको नेपाल आइडल त्रिभुवन बिमान स्थलबाट कतार जानु अघि पनि बिबादित भएको छ । सुत्र इन्टरटेइनमेन्ट टि. भी. बाट खिचिएको भिडियो क्लिप मा बुद्द लामालाई हेपियो भन्दै सामजिक संजाल फेसबुक र युट्युबमा भिडियो हरु भाइरल भएको छ ।

यसै क्रमम वास्तविकता के हो भनेर सुत्र इन्टरटेइनमेन्ट टि. भी.बाट फेरी अर्को भिडियो सार्वजनिक गरेको छ ।

ास्तबमा के रहेछ त यो भिडियो हेर्नुस :

तपाईको प्रतिक्रिया