त्रिपोली : लिवियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जना भन्दा बढी यात्रु बेपत्ता भएका छन् । उद्धारकर्ताहरुले बुधबार सात जनालाई जिवितै उद्धार गरेको लिवियन नौसेनाले बिहीबार जनाएको छ । शरणार्थीहरू जम्मा हुने केन्द्रको रूपमा रहेको सब्रथा भन्ने ठाँउमा डुङ्गा दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।

गत हप्ता पनि तटरक्षकहरूले तीन हजार भन्दा बढी आप्रवासीलाई उद्धार गरेका थिए । उनीहरुलाई तटरक्षकले उद्धारपछि युरोपतिर तारिदिएका थिए भने अरु दुई हजार जनालाई इटलीमा पु¥याइएको थियो । लिवियाबाट एक हप्तामै यति धेरै बाहिरिएको संभवतः पहिलो पटक भएको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया