एजेन्सी  – भारतको कोलकतामा मंगलबार आधी रातमा शुटिङ सकेर घर फर्कँदै गरेकी एक अभिनेत्री माथि हातपात भएको छ।

भारतिय संचार माध्यमका अनुसार  आफुमाथि रातको समयमा केही मानिसले हातपात गरेपछि ति अभिनेत्रीले प्रहरीमा गएर उजुरी गरेकी छन् ।

रातको करिब १ बजे टलिगंजबाट उनी आफ्नो घर बेहाल जाँदै गरेकी ति अभिनेत्री माथि रक्सीले मातिएका ३ जनाले उनको कारको चावी खोसेर आफुमाथि हातपात गरेको बताइएको छ ।

प्रहरीले २ जनालाई पक्राउ गरेको र अर्को १ जनाको खोजी गरिरहेको बताइएको छ । यद्यपि ति नायिकाको नाम भने सबताइएको छैन् ।

तपाईको प्रतिक्रिया