काठमाडौँ -रमेश उप्रेतीको फिल्म ‘एेश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा दीपिका प्रसाइ, रमेश उप्रेती र प्रशान्त ताम्राकारबीचको द्वन्दलाई देखाइएको छ। ट्रेलरमा रमेश र दीपिकाबीचको प्रेम, द्दन्दलाई प्रस्तुत गरिएको छ।यसअघि फिल्मको ‘तिमी रोएको पल’ बोलको गीत सार्वजनिक भएको थियो।

जसले राम्रो चर्चा कमाएको छ।फिल्ममा रमेश, प्रशान्त र दीपिकाको साथै केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ।फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्। दीवाकर भट्टराई निर्देशित फिल्म एेश्वर्या कात्तिक ९ मा रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया