काठमाडौं । हिजोआज ठूला शहरमा मरेका खसी बोका बेच्नेहरुको गिरोह नै सक्रिय भएको छ । यसैबिच काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेको छ ।

पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेपछि माछा मासु खाने ब्यक्तिहरु सर्तक हुनुपर्ने बेला आएको छ ।

ति खसीबोका डिक्कीमा राखेर ल्याउँदा तापक्रम असन्तुलन र पर्याप्त अक्सिजनको अभावमा मरेको हुन सक्ने तथा मरेकै खसीबोका ल्याइएको हो भन्ने विषयमा अझै खुली नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया