काठमाडौँ । गायिका योजना पुरीको नयाँ गीत भगायो ड्राइभरलेको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीतहरु निकाल्न सिपालु गायिका तथा संचारकर्मी योजनाले हालै सार्वजनिक गरेको भिडियोले राम्रो चर्चा कमाइरहेको छ । जसमा आफ्नो वैँशालु उमेरमा डाक्टर पाइलटका विषयमा सोच्ने युवतीलाई ड्राइभरले भगाएको कुरालाई जिवन्त शैलिमा उठाइएको छ ।

भिडियोमा अभिनयमा सुन्दरी मोडल रोजीलाई सुमनले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटु संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।

सुमन सागर जङ्ग केशीले निर्देशन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् भने ख्याम थापा मगरले छायांकन गरेका हुन् । भिडियो रिलिज भए लगत्तै बजारमा राम्रो चर्चा सुरु भएको छ ।

तपाईको प्रतिक्रिया