एजेन्सी -बलिउड हुँदै हलिउडमा समेत छाइसकेकी अभिनेत्री प्रियंका चोपडा यति बेला फेरी पनि पहिरनकै कारण चर्चामा छन् । सधै पहिरनकै कारण चर्चामा आउने गरेकी प्रियंका अहिले पनि ६९ औं ‘एमी अवार्ड’ को रेड कार्पेटमा लगाएको पहिरनका कारण चर्चामा आइन् ।

यद्यपि उनी अवार्डको नोमिनेशनमा मा परेकी भने थिइनन् । सेतो कलरको पंखा शैलीको आउटफिटमा पुगेकी उनी माथि सबैको ध्यान तथा क्यापाराको लेन्स उनि तर्फ नै तेर्सियो ।कार्यक्रममा हलिउडका चर्चित हस्तीहरु पनि पुगेका थिए ।

प्रियंकाले ‘आउटस्ट्यान्डिङ भेराइटि टक सिरिज’ को अवार्ड समेत हात पारिन् । यति बेला पनि प्रियंका हलिउड फिल्ममै व्यस्त छन् ।

तपाईको प्रतिक्रिया