रौतहट । रौतहटमा राजपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ताबीच भएको झडप हुँदा एक जनाको मृत्यु भएको छ।

बिहिबार बिहान रौतहटको कटहरिया नगरपालिका – ८ बलुवाटोलमा भएको झडपमा परी राजपाका ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका अनुठा राय यादव, वैजु साह र झुठा यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।

तपाईको प्रतिक्रिया