एजेन्सी । भारतीय चर्चित अभिनेता सलमान खानले हालै बेलायतमा प्रस्तुती दिँदा उनको कार्यक्रममा युवतीहरुको भिड नै लाग्यो । १२ वर्षपछि बेलायतमा प्रस्तुती दिएका कारण पनि सलमान खानको कार्यक्रममा औधी भिड लागेको र त्यसमा पनि युवतीहरुको बाहुल्यता रहेको बताइएको छ ।

सलमानले बेलायतको बर्मिघम र अण्डनमा उनलाई झुलुक्क हेर्नका लागि मात्रै पनि हजारौं दर्शक ओइरीएका थिए । सलमानलाई हेर्नकै लागि आएकी एक युवतिले भनिन् – ‘म सलमानकी ठूलो फ्यान हुँ ।

उनलाई देखेपछि मेरो मुटु धेरै धड्किन थाल्छ ।’ बेलायतमा मात्रै होइन सलमानका फ्यान विश्वका अधिकांश स्थानमा छन् । जसका कारण उनको क्रेज अहिले पनि उस्तै छ ।

१२ वर्षपछि बेलायतमा प्रस्तुती दिएका सलमानलाई हेर्न युवतीको घुइँचो, कार्यक्रममा पुगेकी युवतीले भनिन् सलमानलाई देखेपछि मेरो मुटु बढी धड्किन्छ

तपाईको प्रतिक्रिया