राजविराज : नेपाली काँग्रेसले कञ्चनरुप नगरपालिका वडा नं १ र २ मा जित दर्ता गरेको छ ।

नगरको वडा नं १ बैरवामा करिम शेख ४६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं २ को अध्यक्षमा मेहन्दी हुसैन निर्वाचित हुनुभएको छ ।

डाक्नेश्वरी नगरपालिका वडा नं १ र २ मा काँग्रेस विजयी भएको छ । डाक्नेश्वरी–१ मा विजय चौधरी ५६८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

वडा नं २ मा काँग्रेसका उम्मेदवार रहमान मियाँ निर्वाचित हुनुभएको छ । उहाँले ४८४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हजरत अलीले २०७ मत प्राप्त गर्नुभएको छ ।

विष्णुपुर गाउँपालिका वडा नं २ मा काँग्रेस विजयी भएको छ । काँग्रेसका योगेन्द्रप्रसाद यादवले ४६३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

महिला सदस्यमा फुलीदेवी यादव, दलित महिला सदस्यमा रञ्जिताकुमारी रजक, खुल्ला सदस्यमा शिवजीप्रसाद साह र राजेन्द्र ठाकुर निर्वाचत भएको बताइएको छ ।

बेल्ही चपेना गाउँपालिका वडा नं १ मा काँग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नारायण यादव ८०२ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा समोदेवी मुखिया, दलित महिला सदस्यमा रेखाकुमारी राम, खुल्ला सदस्यमा ओमप्रकाश यादव र भूपेन्द्रनारायण यादव निर्वाचित भएका छन् ।

खड्ग नगरपालिका वडा नं १ मा काँग्रेस विजयी भएको छ । काँग्रेसका सिंहेश्वर मण्डल ५६७ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

महिला सदस्यमा कपलेश्वरीदेवी भण्डारी, दलित महिला सदस्यमा दमनीकुमारी राम, खुल्ला सदस्यमा मनोजकुमार चौधरी र चन्देश्वर मण्डल निर्वाचित भएका छन् ।

वडा नं २ मा पनि काँग्रेसका रामअवतार साहले २०२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

रुपनी गाउँपालिका वडा नं ६ मा पनि काँग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा विजयी भएका छन् ।

तिलाठी कोइलाडी वडा नं ७ को वडाध्यक्षमा पनि काँग्रेसका गुलावप्रसाद सिंहको प्यानलै विजयी भएको छ ।

एमाले– एमालेले सप्तकोशी नगरपालिकाका वडा नं १, २, ३ र ४ मा जित हात पारेको छ ।

वडा नं १ को अध्यक्षमा नारायण आचार्य, २ को अध्यक्षमा सोनालाल चौधरी, ३ को अध्यक्षमा देवकान्त चौधरी र ४ को अध्यक्षमा बद्रीनारायण चौधरी निर्वाचित हुनुभएको ।

शम्भुनाथ नगरपालिका–१ मा एमालेको प्यानल विजयी भएको छ । एमालेबाट इनरदेव साहले ३४८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

डाक्नेश्वरी–९ मा एमालेका उम्मेदवार कर्णदेव चौधरी ७११ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका रघु साफीले ७०० मत प्राप्त गर्नुभएको थियो ।

नेपाल लोकतान्त्रिक फोरम– शम्भुनाथ नगरपालिका–२ मा भने नेपाल लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा दुर्गानन्द भगत ४८५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

छिन्नमस्ता गाउँपालिका–१ मा लोकतान्त्रिक फोरमको प्यानलै विजयी भएको छ ।

छिन्नमस्ता–१ बरही वीरपुरमा लोकतान्त्रिक फोरमका विनोदकुमार यादव ४३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सुरुङ्गा नगरपालिकाको वडा नं ११ मा पनि नेपाल लोकतान्त्रिक फोरमका गयाप्रसाद चौधरी वडाध्यक्षमा विजयी हुनुभएको छ । उहाँको प्यानलै विजय भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया