काठमाडौँ । आश्विन शुक्ल प्रतिपदाको प्रातः कालको शुभमुहूर्तमा घटस्थापना गर्ने दिन । यसका लागि एउटा कतारोमा बालुवा लिएर त्यसमा जौ रोप्नुपर्छ । उत्तर कतारोमा जौका साथसाथै गंगाजल राखेर त्यसमा देवी भगवतीको आह्वान गरेर पूजन सम्पन्न गर्नुपर्छ । त्यो जौ दुई दिनपछि अंकुरका रूपमा प्रस्फुटित हुन्छ । त्यही अंकुर नै जमरा हो । जमरा अत्यन्तै पवित्र मानिन्छ ।

पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस् स् ॐ अपवित्रस् पवित्रो वा सर्वावस्थां गतोकपि वा। यस् स्मरेत् पुंडरीकाक्षं सस् बाह्याभ्यंतरस् शुचि॥ ॐ पुनातु पुण्डरीकाक्षस् पुनातु पुण्डरीकाक्ष पुनातु॥

नमो दैव्यै महादेव्यै शिवायै सततं नमस्। नमस् प्रकृतयै भद्रायै नियतास् प्रणतास् स्मताम॥ या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्॥ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे॥

तपाईको प्रतिक्रिया