काठमाडौँ : सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय लगायतलाई विपक्षी बनाई खड्काले वारिस मोतीलाल तामाङमार्फत दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ ।

निवेदनमा भनिएको छ, “कुनै पनि विषयको आरोप लगाएर सुनुवाइको मौका नदिई विभागीय मन्त्रीको ठाडो आदेशमा हटाइएको छ, जुन गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।”

निगमको जग्गा खरिदका विषयमा अनियमितता गरेको आरोपमा मन्त्रिपरिषद् बैठकले खड्कालाई सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा आज खड्का अदालतमा निवेदन लिएर आउनुभएको हो ।

तपाईको प्रतिक्रिया