काठमाडौँ । राप्रपा नेपालकी केन्द्रिय सदस्य तथा चर्चित गायिका कोमल वलीले राप्रपा छाड्ने संकेत देखाएकी छिन् ।

राजधानीमा आयोजीत एक कार्यक्रममा बोल्दै उनले राप्रपा छाड्ने संकेत गर्दै आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा गृहजिल्ला दागं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।

स्रोतका अनुसार उनी दशैँपछि एमालेमा प्रवेश गर्ने तयारी गरेकी छन् । हुँदा खाँदाको जागीर छाडेर कमल थापाको राप्रपा आएकी कोमल पार्टी फुटेपछि भने आफ्नो राजनीतिक मिसन पुरा नभएको भन्दै एमालेमा प्रवेश गरेर नयाँ ढंगले राजनीति गर्ने तयारी गरिरेहेको स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया