काठमाडौँ- काठमाडौँको सिनामंगलमा आज दिउसो एक भयनाक दुर्घटना भएको छ । तीव्र गतिमा एयरपोर्टबाट सिनामंगलतर्फ आउदै गरेको एक कार दुर्घटनामा परेको हो। कार सडक किनारमा रहेको पोलमा ठोक्किदा दुर्घटना भएको प्रतक्ष्यदर्शीले बताए । चालकले मदिरा सेवन गरेको प्रतक्ष्यदर्शीले बताए ।

दुर्घटनामा घाइते भएकाहरुलाई छेदबिच्छेद कारबाट निकाल्न प्रतक्ष्यदर्शी र प्रहरीलाई हम्मे- हम्मे परेको थियो। कारबाट निकाल्ने बित्तिकै घाइतेहरुलाई तुरुन्त अस्पताल पुर्याइएको छ ।

राजधानीमा पछिल्लो समया सवारी दुर्घटना र यसबाट हुने मानव क्षतिको जोखिम बढिरहेको छ। अव्यवस्थित ट्राफिक व्यवस्थापन, सचेतनाको कमि र मापसे सेवन जस्ता कारणले सवारी दुर्घटना सँगै मानवीय क्षतिको जोखिम बढ्ने गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया