नेपालगन्ज ०४ असोज । मध्यपश्चिम क्षेत्रमा पशुपक्षिंजन्य उत्पादन प्रत्येक वर्ष वढ्दै गएको पाइएको छ । क्षेत्रिय पशु सेवा कार्यालय सुर्खेतका अनुसार, मध्यपश्चिमका जिल्लाहरुमा आर्थिक वर्ष २०७१÷०७२ देखी दुध, अण्डा र मासुको उत्पादन वढेको तत्थ्यांक छ ।

तर भेडावाख्रा पालनप्रति किसानहरुको आर्कषण घट्दै गएकाले पशुपंक्षिजन्यको उनमा उत्पादन पनि घट्दै गएको छ । कार्यालयका अनुसार, आर्थिक वर्ष २०७१÷०७२ मा दुध २ लाख १० हजार ७ सय २ मेट्रिकटन उत्पादन भएकोमा भएकोमा ३.६९ प्रतिशतले वढेर आर्थिक वर्ष २०७३÷०७४ मा २ लाख २४ हजार २ सय ७ मेट्रिकटन उत्पादन भएको छ ।

त्यस्तै, अण्डा ४.१९ प्रतिशतले र मासु ४।२६ प्रतिशतले उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । तर पशुपंक्षिजन्य उनको उत्पादन १४।९५ प्रतिशतले घट्दै गएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा २ सय ५८ मेट्रिकटन उन उत्पादन भएकोमा घटेर गएको आर्थिक वर्षमा २ सय १७ मेट्रिकटनमा खुम्चीएको छ ।

तपाईको प्रतिक्रिया