एजेन्सी -भारतमा एक व्यक्तिले बिहे गर्न दुइ दिन बाँकी छदा विष पिएर आत्महत्या गरेका छन् । खबर अनुसार ति व्यक्तिले हुनेवाला श्रीमतीका कारण आत्महत्या गरेको बताइएको छ ।हुनेवाला श्रीमतीले यस्तो म्यासेज पठाएकी थिइन् जसका कारण ती युवकको सबै खुसी एकैछिनमा हरायो ।

ती युवकले हुनेवाला श्रीमतीले पठाएको म्यासेज हेरेपछि बिहेको २ दिनअघि नै आत्महत्या गरे । भारतको इन्दौरका डा। हितेशले विष पिएर आत्महत्या गरेका थिए । आत्महत्यापछि प्रहरीले अनुसन्धानका क्रममा ती युवतीलाई आत्महत्या गर्न उक्साएको अभियोगमा दोषी ठहर गर्दै गिरफ्तार गरेको छ । ती डाक्टरले १८ मार्चका दिन विष पिएका थिए । उपचारका क्रममा २० मार्चका दिन उनको मृत्यु भएको बताइएको छ ।

उनको भोपालकी आफ्नै पुरानो साथी जुहीसँग बिहे तय भएको थियो । बिहेको २ दिनअघि नै जूहीले हितेशलाई ह्वाट्सएपमार्फत म्यासेज पठाएकी थिइन् । म्यासेजमा उनले आफूले अर्कै युवकसँग बिहे गरेको बताउँदै बिहेको फोटोसमेत पठाएकी थिइन् ।

उनले म्यासेजमा ‘मैले मेरो १ साथीसँग बिहे गरें । तिमी बाँच या मर मलाई कुनै मतलब छैन । मेरो तिमीसँग कुनै सरोकार छैन ।’ उनको यस्तो म्यासेज पढेपछि ति व्यक्तिले विष पिउन बाध्य भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया