काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्राईको पार्टी बाहेक अन्य जुन कुनै दलसँग पिनि सहकार्य गर्न सकिने बताएका छन् ।

बाबुरामको गृहजिल्ला गोरखा नै पुगेर प्रचण्डले बाबुरामजीसँग सहकार्य गर्न सकिँदैन तर उहाँ बाहेकका अन्य दलसँग प्रदेश र प्रतिनिधि सभा चुनावमा सहकार्य हुनसक्ने उनले बताए ।

प्रचण्डले अगुवा कार्यकर्ताको प्रशिक्षणको लागि गोरखा पुगेका बेला त्यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले नयाँ शक्तिसँग कार्यगत एकताको पहल गरे पनि संयोजक बाबुराम भट्टराईसँगको दूरी बढेकाले सहकार्य हुन नसक्ने बताए ।

यस्तै प्रदेश र प्रतिनिधि सभाको चुनावमा भट्टराईले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका गोरखा क्षेत्र नम्बर २ मा भने माओवादी केन्द्रले कुनै पनि दलसँग सहकार्य नगरे पनि जित्ने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया