काठमाडौं । आइटम गर्ल तथा नायिका सुष्मा कार्कीको एउटा अन्तरमनको सपना पुरा भएको छ । सलमान खानकी डाइहार्ट फ्यान सुष्माले सलमान खानलाई लण्डनमा भेट्ने सुअवसर पाएकी हुन् ।

बलिउड स्टार सलमान अहिले ‘दबंग टुर’ का लागि लन्डनमा रहेका बेला कार्यक्रमको शिलशिलामा लण्डनमा नै रहेकी सुष्माले सलमानलाई भेट्ने मौका पाएकी हुन् ।

श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपले गर्न लागेको विजया दशमी शुभकामना साँझमा सुष्मा त्यहाँ जानु र दबंग टुरका क्रममा सलमान रहनु नै सष्माका गाली मौकामा चौका हुन पुग्यो ।

सलमानसँग लण्डनमा खिचाएका तस्विरहरु सामाजिक संजाल फेसबुकमा शेयर गरेपछि अहिले उक्त तस्विरहरु सामाजिक संजाल तथा अनलाइनमा भाइरल बनिरहेका छन् ।

तपाईको प्रतिक्रिया