काठमाडौं- रोज राणा निर्देशित ‘मेरो पैसा खै’ फूलपाती अर्थात् असोज ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्देशक राणाले आफ्नो फिल्म दसैँको अवसरमा फूलपातीको दिनदेखि प्रदर्शन हुने जानकारी दिएका छन् । सो मितिमा दीपाश्री निरौला निर्देशित छक्का पन्जा–२ मात्रै प्रदर्शन हुन लागेकोमा अब मेरो पैसा खै पनि आउने भएको छ ।

निर्देशक राणाले समय कम भए पनि फिल्मको प्रचारप्रसारलाई तीव्र पार्ने बताएका छन् । दसैँको अवसरमा लगातार एक साता बिदा भएकाले यो मितिमा फिल्म रिलिज गर्न निर्माताहरू लालायित हुने गर्दछन् । छक्कापन्जा–२ सँग एकाएक मेरो पैसा खै प्रदर्शन हुने भएपछि फिल्म बजार गर्माएको छ ।

मेरो पैसा खैमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङ, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा वसन्त सापकोटाको संगीत छ ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया