काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड अभिनेता अनिल कपुरलाई चिठी लेख्दै साथ मागेका छन् । मोदीले अनिलसँग कस्तो साथ मागे होलान् ? जे होस्, उनले राजनीतिमा साथ मागेकाचाहिँ होइनन् ।

मोदीले अनिललाई लेखेको चिठीमा स्वच्छता अभियान र महात्मा गान्धीको प्रसंग छ । २ अक्टोबरमा भारतमा गान्धी जयन्ती मनाइन्छ । यसै अवसरमा मोदीले अनिलसँग स्वच्छता अभियानमा साथ दिन आग्रह गरेका हुन् ।

चिठीमा मोदीले स्वच्छता अभियानलाई गान्धीको मुटुको नजिक बताउँदै ‘स्वच्छता नै सेवा’ हो भन्ने सन्देश दिएका छन् । उनले सिनेमा परिवर्तनका लागि पनि यो निकै ठूलो माध्यम भएको बताएका छन् । साथै मोदीले परिवर्तनका लागि सिनेमा र अनिल कपुरको आवश्यकता भएको पनि बताएका छन् ।अनिल कपुरसँग मोदीले मागे साथ
नयाँ पत्रिकाबाट काठमाडौं

 

तपाईको प्रतिक्रिया