एजेन्सी । मेक्सिकोमा ७ दशमलव १ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा जाँदा करिब १ सय ४० जनाको मृत्यु भएको छ । भूकम्पका कारण मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरका धेरै घर ध्वस्त भएका छन् ।

जमिनदेखि ५१ किलोमिटर तलबाट गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

राजधानीका करिब २० लाख मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध छ । ३२ वर्षअघि १० हजार मानिसको मृत्यु हुने गरी गएको भूकम्पको सम्झनामा सयौं सहभागी भइरहेका बेला यो भूकम्पले मेक्सिकोबासीलाई फेरी एक पटक शोकमा डुबाएको छ ।

तपाईको प्रतिक्रिया