एजेन्सी – एकै पटक दुई, तीन वटा बच्चा जन्मेको खवर त हामीले सुन्दै आएका छौँ । तर क्यालिफोर्नियाकी एक महिलाले भने एकपटकमा ८ वटा बच्चा जन्माएकी छिन् । यी हुन एडल्ट स्टार नेटली सुलेमान । यिनले सन २००९ मा ८ वटा बच्चा एकैसाथ जन्माएकी थिइन् ।

जवकी उनको त्यसअघि नै एकसाथ जन्मेको ६ वटा बच्चाहरु थिए । उनी त्यतिखेर एक्कासी चर्चामा आइन । मिडियामा जताततै उनकै नामको चर्चा हुन्थ्यो । तर चर्चै चर्चाको विचमा उनी एकाएक गायव भएकी थिइन ।

सन २०१६ मा उनी फेरि एकपटक मिडियामा छाएकी छिन् । कारण अहिले उनले १४ जना बच्चा हुर्काउन भोगेको दुखका कथा सबै सामू बताएकी छिन् । उनले ती बच्चाहरु जन्माएपछि कुनै काम नभएको र ती बच्चाहरुलाई हुर्काउन मुस्किल भएको बताएकी छिन् । नयाँ पत्रिकाले छापेको छ ।

यसै क्रममा उनले बच्चाहरुकै लागि पत्रिकाहरुमा नांगो तस्विर समेत खिचाएको बताएकी छिन् । संघर्ष र दुःखका बीच डिप्रेशनको समेत सिकार भइसकेकी उनले दुःखबाट मुक्ति पाउन ड्रग्स समेत लिन थालेकी थिइन । तर अहिले आफ्ना केटाकेटीहरुको लागि उनले यो सब छोडिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया