रौतहट । रौतहटमा मतगणनास्थल पस्न खोज्ने एमाले उमेदवारलाई काँग्रेस कार्यकर्ताले रामधुलाई गरेका छन् । वृन्दावन नगरपालिकाको मतगणना भइरहेका बेला एमाले उमेदवार एक्कासी मतगणनास्थल पस्न खोज्दा झडप भएको र दुई जना एमालेका उमेदवार घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विवादपछि झडप हुँदा कांग्रेस कार्यकर्ताको कुटाईबाट एमाले वृन्दावन नगरपालिका वडा नं। ६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ । झडपपछि केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो ।

तपाईको प्रतिक्रिया