नेपालगन्ज ०३ असोज । मानव धर्म सेवा समिति बाँकेले मगलबार नेपालगन्जमा बृह्त रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जीवन दान, आत्मज्ञान महान, सेवा गर्ने हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेको समितिका अध्यक्ष इन्द्रलाल कंडेलले जानकारी दिए ।

विश्व शान्ति दिवस एवं मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपाल जी महाराजको जन्मोत्सवको अवसर पारेर समितिले कारकाँदोस्थित आप्mनै भवनमा रक्तदान कार्यक्रम गरेको हो । यसैगरी पर्सि आयोजना गरिएको महायज्ञको अन्तिम तयारीबारे जानकारी दिन आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया