नेपालगन्ज ०३ असोज । नेपालगन्जका व्यापारीले चाडपर्वमा व्यापारीक शुरक्षा अभिवृद्घिमा जोड दिएका छन । चाड पर्वमा अन्य समयमा भन्दा बढिनै शुरक्षाको आवश्यक व्यापारीलाई चाहिने भएकाले यो समयमा आवश्यक सुरक्षा चाहिने बताएका छन । नेपाल राष्ट्रिय वाणिज्य संघ बाँकेले विजया दशमी, दिपावली, नेपाल सम्वत, छठ तथा माहेरम्म पर्वको अवसरमा मगलबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्दै गर्दा ग्राहक सिमापार जाने समस्यालाई कम गर्न भन्सार कडाइ गर्न समेत माग गरेका छन् ।

नेपाली ग्राहक अधिकाश रुपैडिहा जाने भएकाले स्वदेसि व्यापार फस्टाउन नसकेको व्यापारीहरुको गुनासो थियो । नेपालगन्जका व्यापारीले चाडपर्वलाई लक्षित गरेर करोडौका सामान ल्याएका छन । दशै नजिकै आइसक्यो तरपनि व्यापारमा प्रगति हुन सकेको छैन एक व्यापारीले संगको भेटमा भने “ व्यापारको गति सुस्तिएको छ ।” भन्सारमा कडाई नगर्दा सम्म नेपालगन्जको व्यापारले गति नलिने प्यापारीको अनुभव छ । कार्यक्रममा स्थानिय तह तथा विभिन्न संंघसंगठनबाट निर्वाचित भएकाहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा सांसद देवराज भार, नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक कोईराला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघका विभागिय प्रमुख डेगनाथ गौतम लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया