नेपालगन्ज ०३ असोज । नेपालगन्ज न्युरोडमा सन्चालनमा रहेको एलजी टिभि हाउस स्वरुमले पाँच वर्षसम्म सफल सन्चालन भएपछि पुन उद्घाटन गरीएको छ । टिभि हाउस स्वरुमको एक कार्यक्रमका विच नेपालगन्ज उप महानगरपालिकाका उप–मेयर उमाथापामगरले रिवन काटेर उद्घाटन गरेकी छन । कम्पनिको नियम अनुसार ५ वर्ष सफल सन्चालन गरेपछि पुनः पसलको उद्घाटन गरीएको सन्चालक जहगिर मुलमानले जानकारी दिए । एलनि कम्पनिका ब्राण्ड इन्चार्ज नमस ढुङगेलले चाड पर्वको अवसरमा इलेक्ट्रोनिक्स सामानको खरीदमा ३० प्रतिशत सम्म ग्राहकलाई छुट दिइएको बताए । नेपालगन्ज नगरका लागी एलजि स्वरुमले ग्राहकको सेवालाई ध्यान दिएर काम गरेको जनाएको छ ।

पाचँ वर्ष अघि ५ लाख रुपैया बाट आफ्नो कारोबार सुरु गरेको स्वरुमले हाल आफ्नो कारोबारलाई ५० लाख रुपैया सम्म पुगेको मुलमानले बताए । क्वालिटिलाई मुख्य ध्यानदिएको बताउने सन्चालक मुलमानले बजारमा इलेक्ट्रोनिक्स सामाग्रीको अस्वस्थ प्रतिस्प्रर्धा रहेकोले पछिल्ला दिनमा ब्राण्डलाई चिनाउन गारो हुदै आएको उल्लेख गरे । एलजिले हाल सम्म क्वालिटिमा आफुलाई उत्कृष्ठ प्रमाणित गर्दे आएकोले यसको माग पनि अहिले बढेको कम्पनिले जनाएको छ ।

दशै, तिहार, छठ पर्वको अवसरमा एलजि व्राण्डका इलेक्ट्रोनिक्स सामानमा ३० प्रतिशत सम्मको छुटका साथै विभिन्न उपहार समेत दिने सन्चालक मुलमानले बताए । एलजिले अहिले चाडपर्वको अवसरमा ‘तपाईको पर्व हाम्रो प्रविधी’ ग्राहक योजना ल्याएको कार्यक्रममा जानकारी गराइएको छ । अबको पन्द्र दिन सम्म अझ विशेस छुट र हात खालि नजाने उपहार समेत ल्याएको जनाइएको छ । स्वरुमले हरेक दिन एक जनालाई लक्की ड्र मार्फत आर्कषक उपहारको व्यवस्था गराएको छ ।

तपाईको प्रतिक्रिया