नेपालगन्ज ०३ असोज । नेपाल भित्राउन अबैध मानिएको कुखुरा र चल्लाहरु दिनानुदिन भित्रि नाका भएर बाँके र बर्दियामा भित्रिने गरेको छ । चाड पर्व नजिकिए सगै बोइलर कुखुरा, चल्ला र मासु खुला नाका भएर भित्रिने गरेको हो । पशु क्वारेनटाइन कार्यालय नेपालगन्जका अनुसार गत वर्षमा ४ लाख राजस्व स्वरुप सङकलन भएकोमा यस बर्ष दोब्बर बढि राजस्व उठ्ने सङकेत देखिएको छ । यस आर्थिक वर्षको दुई महिनाको अवधिमा २ लाख बराबर राजस्व उठिसकेको छ । राजस्व धेरै उठ्नु भनेको अबैध रुपमा कुखुरा भित्रिएको हो ।

अबैध मानिएको कुखुरा, चल्ला र मासुलाई नेपाल सरकारले बन्देज नै लगाएको छ । नेपालगन्जको जमुनाह नाकामा कडिकडाई गरीएको भएपनि भित्रि खुला सिमा बाट प्रसस्त जिउदो बोइलर, चल्ला भित्रिरहेका छन । बाँकेको साईगाउ, राधापुर सैनिक, विरपुर लगाएत बर्दियाको जमुनिबाट दिनहुँ क्विन्टलका क्विन्टल भित्रिने गरेको स्वयम स्थानियले बताएका छन । कुखुरा व्यवसायि सघ बर्दियाका अध्यक्ष भगत नेपालिले भारतबाट भित्रिने कुखुराले रोग सगै नेपालका किसानलाई चिन्ता थपिदिएको बताए । कुखुरा व्यवसायि सघंका अध्यक्ष नेपालीले भारतबाट लुकाई छिपाई व्यापारीले कुखुरा ल्याउदा नेपालको कुखुरा विक्रिमा समस्या बनेको बताए ।

भारतिय बजारमा बोइलर कुखुरा प्रति केजि १ सय ३५ देखि १ सय ४० सम्म पाइने र बाँके र बर्दियाको कुनैपनि फ्रेस हाउसमा क्यारिङ्ग मार्फत सजिलै भित्रने भएकाले पनि यहाँका व्यापारीले भारतिय कुखुरा लिने गरेको नेपालीले जनाए । यता बाँके र बर्दियामा जिउदो कुखुराको थोक मुल्य १ सय ५० देखि १ सय ६० सम्म छ । व्यापारीले बढी फाइदा लिनकै लागी भारतिय कुखुरा लुकाई छिपाई ल्याएर विक्रि गर्ने गरेका छन ।

बाँके र बर्दियामा सबै भन्दा बढि कुखुरा भित्रने भनेको बर्दियाको जमुनी नाका बाट हो क्वारेन्टाइन चेक पोष्टका पशु स्वास्थ प्रावधिक तिलक प्रसाद आचार्यले सदभाव दैनिकसगंको भेटमा बताए । नगरपालिका, गाउपालिका र प्रहरीले कडाई नगर्दा कुखुरा भित्रिने क्रममा दिन प्रतिदिन वृद्धि हुदै गएको हो । स्थानिय तहका जन प्रतिनिधिहरुले चुनावको बेला अबैध रुपमा भित्रने गरेको कुखुरा, चल्ला तथा मासुलाई पुर्णरुपमा नियन्त्रण गर्ने भनेपनि व्यवहारमा लागु नभएको स्थानियले गुनासो गरेका छन ।

तपाईको प्रतिक्रिया