नेपालगन्ज ०३ असोज । बाँके जिल्लामै व्यावसायिक बाख्रा पालन पस्टाउन थालेपछि दुई वर्षयता भारतबाट जिल्लामा हुने खसिबोकाको आयात घट्दै गएको छ । रुपैडिहा नाकाबाट दसंैको मुखमा पुगिसक्दा पनि हालसम्म १० हजार खसि बोका मात्रै आयात भएको क्वारेन्टाईन चेकपोष्ट जमुनाहले जनाएको छ ।

क्वारेन्टाइनका पशु प्राविधिक तिलक प्रसाद आचार्यका अनुसार गतवर्ष दसंैको मौकामा करिब १२ हजारको हाराहारीमा खसिबोका भित्रिएका थिए ।

रुपैडिहा नाकाबाट आयात गर्दा खसिबोका स्वस्थ भए नभएको प्रमाणपत्र भारतबाटै लिएरै आउनुपर्ने नियम लगाइएपछि पनि आयात पनि घट्न गएको आचार्यको भनाइ थियो । काठमाडांैका लागि रुपैडिहा नाकाबाट आयात हुने खसिबोकाहरु भैरहवा लगायत अन्य नाकाबाट भित्रिन थालेको पशु प्राविधिक आचार्यले बताए ।

तपाईको प्रतिक्रिया