सर्लाही – मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँगे्रस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो ।

अहिले त्यहाँ प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको हो । सर्लाही भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ ।

तपाईको प्रतिक्रिया