काठमाडौं – केही समयअघि आलिया भट्ट र सिद्धार्थ मल्होत्राको ब्रेकअप भएको खबर आएको थियो । आफूहरूको ब्रेकअप भएको खबरप्रति आलिया र सिद्धार्थले केही प्रतिक्रिया दिएका थिएनन् ।

हालै आलिया पूर्वप्रेमी अली दादरकरसँग देखिएपछि भने उनको सिद्धार्थसँग ब्रेकअप भएको खबर सही प्रमाणित भएको छ । आलिया अचेल मेघना गुलजारको ‘राजी’ फिल्मको सुटिङका लागि पटियालामा छिन् । सुटिङकै क्रममा छुट्टी मिलाएर उनी साथी आकांक्षा रञ्जनका साथ पूर्वप्रेमी अलीको पार्टीमा गएको मिडियाले उल्लेख गरेका छन् ।

अली र आलिया स्कुल पढ्दाखेरिका साथी हुन् । उनीहरूबीच लामो समय प्रेम चलेको थियो । आलिया फिल्म अभिनयमा लागेपछि सिद्धार्थसँग प्रेममा परिन् । त्यसकारण अली र उनको ब्रेकअप भएको थियो । अली लन्डन बस्ने गर्दछन् । भारत आएका वेला उनको पूर्वप्रेमिकासँग भेट भएको हो ।

ज्याक्लिन फर्नान्डिसका कारण आलिया र सिद्धार्थको ब्रेकअप भएको बताइन्छ । ‘ए जेन्टलम्यान’ फिल्मको सुटिङका क्रममा सिद्धार्थ र ज्याक्लिनबीच हिमचिम बढेको थियो । आलियाले ज्याक्लिनसँगको सम्बन्धबारे सिद्धार्थसँग सोधीखोजी गरेपछि विवाद सुरु भएको हो । अन्ततः, आलियाले सिद्धार्थलाई ब्रेकअप दिएकी हुन् ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया